नाइजेरियामा ११० जनाको हातखुट्टा बाँधी घाँटी रेटेर हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नाइजेरियामा ११० जनाको हातखुट्टा बाँधी घाँटी रेटेर हत्या


एजेन्सी

१५ मंसिर २०७७, सोमबार


काठमाडौँ। नाइजेरियामा ११० जनाको घाँटी रेटेर हत्या गरिएको छ । इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले खेतमा काम गरिरहेका ११० जनाको क्रूर ढंगले हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

गत शनिवार भएको उक्त घटनाको संयुक्त राष्ट्रसंघले निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाबाट सिंगो देश घाइते भएको भन्दै उनले दोषिलाई पक्राउ गरी सजाय दिलाउने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस