राष्ट्रिय जनमोर्चा डोटीद्धारा संघियता खारेजिको माग गर्दै बिरोध सभा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय जनमोर्चा डोटीद्धारा संघियता खारेजिको माग गर्दै बिरोध सभा


१४ मंसिर २०७७, आइतबार


डोटी । राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजिको माग गर्दै डोटीको दिपायलमा बिरोध सभा कार्यक्रम गरेको छ ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा डोटीका जिल्ला सचिव केशब नाथ योगीले नेपाल जस्तो मुलुकको लागि संघीयता कुनै पनि हालतमा आवश्यक नभएको बताए । उनले भने गणतन्त्र आउनुपुर्व नेपालमा एउटा मात्र राजा थियो गणतन्त्र पश्चात संघियता लागु भईसकेपछी हजारौ राजा भए हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकले हजारौ राजा पाल्न सक्दैन त्यसैले देश र जनताको हितको लागि संघीयता छैन खारेज हुनुपर्छ हामी निरन्तर संघर्षमा उत्रिन्छौ ।

पछील्लो समयमा नेपालको गणतन्त्रलाई नै समाप्त गरि राजतन्त्र बिउत्याउन देशी बिदेशी शक्तिहरु सलबलाई रहेको अवस्थामा नेपालमा रक्तपातको अवस्था निम्तीने समेत सचिब योगीले दाबी गरे । कालापानी र लिम्पीयाघुरा नेपाली भुभागमा भारतिय सेना बस्दा समेत सरकार मौन रहेको बताउदै राष्ट्रियता र नेपालको सिमानाको सवालमा सरकारको कायरतापूर्ण ब्यवहार भएको समेत बताए ।

कार्यक्रममा बोल्दै युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले नेपालका अरु दलहरुले जसले संघियतालाई आत्मासाथ गरे तिनिहरुले संघियता लागु भईसकेपछी जनता नै राजा हो भन्ने सिकाए, चिल्ला कारमा चढ्न पाईन्छ भनेर सिकाए तर कारमा चढ्न सक्ने क्षमता कसरी बनाउने भन्ने कुरा सिकाएनन्, संघियतामा भोक्नु पर्ने अभाव महंगिको बारेमा वास्तवीक कुराहरु भनेनन् त्यसैले अहिले जनताले संघियताको प्रत्येक्ष मार खेपीरहेका बताए ।

उनले भने जनताहरु बलात्कारीलाई कारबाही हुनुपर्छ भनेर सडमा उत्रिन्छन तर अहिलेको सरकारले जनतालाई न्याय दिनु त कता हो कता उल्टो त्यस्ता जनतामाथी दमन गर्छ त्यसैले अहिलेको सरकार जनताको सरकार होईन तानाशाही शैलीको सरकारको जनताले नै आयु घटाउदै लैजाने समेत दाबी गरे । राष्ट्रिय जनमोर्चा डोटीले आयोजना गरेको बिरोध सभा कार्यक्रममा सयौको उपस्थिती रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस