सर्वोच्चले दियो सिद्धबाबालाई थुनामै राख्न आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चले दियो सिद्धबाबालाई थुनामै राख्न आदेश


१४ मंसिर २०७७, आइतबार


high court

काठमाडौँ । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ लाई थुनामा नै राख्न आदेश दिएको छ ।

उनले एक अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेको थियो । उनीमाथिको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उक्त आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर गत शुक्रबार न्यायाधीश डा। आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश बेरीतको नदेखिएको भन्दै सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस