पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएका छन् : वामदेव गौतम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएका छन् : वामदेव गौतम


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नसक्दा पार्टीमा विग्रह निम्तिएको बताएका छन् । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एक जना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्ने बताएका छन् । उनले यो कुरा शनिवार बसेको पार्टीको सचिवालय बैठकमा राखेको उनको सचिवालयले बताएको छ ।

उनले पार्टी बाहिर छरिएका विचारहरू आजदेखि पार्टीमा भित्रिएको बताउँदै चाहेमा अब समस्या समाधान पनि गर्न सक्ने बताए । उनले भने,‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरू आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकि, पार्टीको जीवन कमिटीका बैठकहरूमा हुन्छ र बैठकहरूको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ ।’

गौतमको सचिवालयले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ । यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरूलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रूपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।’

उनले बैठक बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने बताए । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरूका एक जना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्ने उनको भनाइ छ ।

‘यस्ता व्यवस्थापनसँग सम्बन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ?’ उनले प्रश्न गरे । ‘यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठुलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न’ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस