प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने ढकालको प्रतिवद्धता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने ढकालको प्रतिवद्धता


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकालले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो जितलाई सम्पूर्ण व्यवसायीहरुको जित भएको बताउँदै अब सम्पूर्ण व्यवसायीहरुको पक्षमा काम गर्ने बताएका हुन् ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि ढकालले आफूहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै भएको बताएका छन् । उनले भनेका छन्,‘मैले योभन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते सँंझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु ।’

उनले निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी पनि आफूहरुले गर्ने बताए । आफ्नो जीत सम्पूर्ण व्यवसायिहरुको प्रतिनिधिको रुपमा भएको उनको भनाइ छ ।

शनिवार भएको संघको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस