विद्युत प्राधिकरण हेटौंडाका प्रमुख इन्जिनियर जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख इन्जिनियर जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा


१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । जैसवालले निर्माणाधिन हेटौंडा-भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा उनी बिरुद्ध घूस रकम बराबर बिगो मागदाबी र साढे दुईवर्षसम्म कैदको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस