सर्वोच्चद्धारा उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सर्वोच्चद्धारा उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार


११ मंसिर २०७७, बिहिबार


high court

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर साहले विधान अनुसार अध्यक्ष भवानी राणाको कार्यकाल सकिएपछि साधारणसभा गर्न लागिएकाले यो अवैधानिक रहेको भन्दै शिवशंकर साहले सर्वोच्चमा रिट दिएका थिए ।

अध्यक्ष साहले पदावधी सकिएपछिको कार्यसमितिले गरेको निर्णय मान्य नहुने भन्दै मंसिर ११, १२ र १३ गते काठमाडौँमा हुने साधारणसभा तथा निर्वाचन रोक्न माग गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयले निर्वाचन स्थगित नगरेपछि उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चमा न्यायाधीश पुरुषोत्तम भण्‍डारीको एकल इजलासले उक्त विषयमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ भने निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

२०७६ चैत २८ गते पदावधी सकिएसँगै राणा नेतृत्वको कार्यसमिति स्वतः पदमुक्त भइसकेको भन्दै नयाँ तदर्थ समिति गठन गरेर निर्वाचन गर्नुपर्ने प्रदेश अध्यक्ष साहले दावी गरेका छन् ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार दर्ता भएका कारण अवैधानिक तरिकाले महासंघ अघि बढे सरकारले हस्तक्षेप गर्नुपर्ने उजुरीमा उल्लेख गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस