पिपुल्स पावर आईपीओ निष्काशन गर्ने तयारीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पिपुल्स पावर आईपीओ निष्काशन गर्ने तयारीमा


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निषकाशन गर्ने तयारी गरेको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई विहीबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ । संझौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नेछ । आईपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले पारित गरीसकेको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं.१ साँखेजुङ र वार्ड नं.४ माइपोखरी भइ बग्ने पुवाखोलामा ४.९६ मेगावाटको क्षमताको पुवा दोस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस