२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी

अ+ अ-

काठमाडौँ । कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्णरुपमा तोकिएका स्वास्थ्य मापदण्ड लागू गरी हिजो मङ्गलवार देखि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन थालेको छ । हिजो पहिलो दिनको परीक्षा सफलतापूर्वक सम्पन्न भए लगत्तै राष्ट्रिय परीक्षा बोर्डले एक महिनाभित्र परीक्षाफल पनि प्रकाशित गर्ने गरी तयारी अगाडी बढाएको जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यही महिनाको १६ गते परीक्षा कार्यक्रम सकिएपश्चात् २२ गतेभित्रै सबै केन्द्रबाट उत्तर पुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराएका छन् । यस वर्ष ४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तर पुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएकाले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्रा.डा. पौडेलले बताएका छन् ।

अध्यक्ष प्रा.डा. पौडेलले भने– ‘तोकिएको समयमा उत्तर पुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौँ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ । उनले भने, ‘फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्छ’ ।

बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तर पुस्तिका पठाउन निर्देशन दिएको छ । ती बाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ ।

देशभर ४ हजार १ सय ५ केन्द्रमा गरी ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस