घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा « प्रशासन
prasaLogo
९ मंसिर २०७७, मंगलवार

घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा


प्रकाशित मिति : 24 November, 2020 5:19 pm

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु १२ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएकोसमेत पुष्टि भएको छ । आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस