वैदेशिक रोजगार विभागद्वारा होप इन्टरनेशनल म्यानपावरमा छापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार विभागद्वारा होप इन्टरनेशनल म्यानपावरमा छापा


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले मङ्गलवार काठमाडौँको होप इन्टरनेशनल म्यानपावरमा छापा मारेको छ ।

कतारको प्रहरी सेवामा जाने कामदारको अन्तर्वार्ता गरिरहेको अवस्थामा विभागको टोलीले मङ्गलवार दिउँसो १ बजे होप म्यानपावरमा छापा मारेको हो । पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको पाइएपछि छापा हानिएको विभागले जनाएको छ । विभागले उक्त म्यानपावरको विभिन्न कागजात समेत नियन्त्रणमा लिएको छ ।

सोमबार मात्रै एसओएस म्यानपावर सर्भिस र डीडी इन्टरनेशनल म्यानपावरमा पनि विभागले छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो ।

अन्तर्वार्ता लिनका लागि कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागका उच्च अधिकारीहरू समेत आएका थिए ।

विभागले ३ वटै म्यानपावर सञ्चालकहरूलाई २४ घण्टाभित्र विभागमा बयान दिनका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस