आचार्यको मानवअधिकारसम्बन्धी लोक गीत सार्वजनिक (भिडियो सहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आचार्यको मानवअधिकारसम्बन्धी लोक गीत सार्वजनिक (भिडियो सहित)


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । मानव अधिकारको क्षेत्रमा क्रियाशील रही साहित्य विधामासमेत कलम चलाउने गीतकार कल्पना नेपाल आचार्यको मानव अधिकारसम्बन्धी गीत सार्वजनिक भएको छ ।

आचार्यले गीतको शब्द, गायन, लय, अभिनय, कथा निर्देशन आफैँले गरेकी छन् । सप्तरीको मुसहर बस्ती वरपर छायाङ्कन गरिएको उक्त भिडियो राजविराजमा यही मङ्सिर ४ गते बुधवार विमोचन गरी गीतकार आचार्यको आफ्नै आधिकारिक युट्युब च्यानल कल्पनाका छालहरूमार्फत सार्वजनिक गरिएको छ ।

बाल्यकालदेखि नै साहित्यका विविध विधामा कलम चलाउने कल्पनाले बजारमा ल्याएका गीतका भिडियोहरू मध्ये यो नवौँ जनचेतनामूलक भिडियो हो ।

यो गीतले मानव भएर मानवले सम्मानित र मर्यादित जीवन जिउन पाउनुपर्छ भन्ने सन्देश बोकेको छ ।

भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस