कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, ५ करोड ९५ लाख संक्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, ५ करोड ९५ लाख संक्रमित


एजेन्सी

९ मंसिर २०७७, मंगलबार


काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या १४ लाख नाघिसकेको छ । संक्रमितको संख्या भने ५ करोड ९५ लाख पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ५ करोड ९५ लाख १४ हजार हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख २ हजार २८ जनाले ज्यान गुमाएका छन्अ भने ४ करोड ११ लाख ५५ हजार ५५६ जना कोरोना मुक्त भएका छन् ।

कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा हालसम्म २ लाख ६३ हजार ६८७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितको संख्या १ करोड २७ लाख ७७ हजार १९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ लाख ६५ हजार ७७७ जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९२२ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४७८ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको हो ।

यस्तै तेस्रो बढी सैक्रमित देश ब्राजिलमा संक्रमितको संख्या ६० लाख ८८ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३४४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ५४१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस