प्याराग्लाइडिङ दुर्घटनामा एकजनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्याराग्लाइडिङ दुर्घटनामा एकजनाको मृत्यु


८ मंसिर २०७७, सोमबार


पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा पोखरा-२८, कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु नेपालीको मृत्यु भएको हो ।

नेपाली सँगै प्याराग्लाईडिङ गरिरहेकी एक महिला घाइते भएकी छन् । घाइते महिला काठमाडौँ बूढानीलकण्ठ-२, वासिकुकी २८ वर्षीया शिला श्रेष्ठ रहेकी छन् ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । घाइते श्रेष्ठको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको दाहिने हात र टाउकोमा चोट लागेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस