सांसद पाण्डेको शपथ ग्रहण आज दिउँसो १ बजे « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सांसद पाण्डेको शपथ ग्रहण आज दिउँसो १ बजे


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

आज दिउँसो १ बजे सभामुख अग्‍निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरबारमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।

कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डेलाई सांसद नियुक्त गरिएको हो । खस आर्य समावेशी समूहअन्तर्गत सांसद रहेका केसीको निधनपछि रिक्त पदमा पाण्डे निर्वाचित रहेको पत्र निर्वाचन आयोगले शुक्रबार संसद सचिवालयलाई पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस