सार्वजनिक यातायात सेवाको नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम लागू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक यातायात सेवाको नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम लागू


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम ‘(ओटीएमएस) लागू गरेको छ ।

यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने तथा यातायात क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको हो ।

सरकारले कोरोनाको जोखिम न्यूनीकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।

ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरूले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरूलाई थप सहजता प्रदान गर्ने भनिएको छ ।

ओटीएमएसले लगानीकर्ताहरूको सञ्चालन खर्च घटाई मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद बिक्री प्रक्रियामा बिचौलियाहरूलाई पूर्ण रूपमा निषेध गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस