खुसी सर्वेक्षण तत्काललाई स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खुसी सर्वेक्षण तत्काललाई स्थगित


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । खुसी मापन सर्वेक्षण तत्काललाई स्थगित भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई आधार बनाएर केन्द्रीय तथ्यांक विभागले एक वर्ष लगाएर गर्न लागेको खुसी सर्वेक्षण कोरोना भाइरस(कोभिड-१९) का कारण स्थगित भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ देखि नै विभागले नेपालीको खुसी मापन प्रक्रिया अगाडि बढाएको भए पनि कोरोनाका कारण फिल्ड जान सम्भव नभएपछि तत्काललाई सर्वेक्षण प्रक्रिया रोकिएको विभागले जनाएको छ ।

नेपालले पहिलो पटक गर्न लागेको सर्वेक्षणका क्रममा जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, मनोभावना, सुशासन, सांस्कृतिक प्रवर्द्धन जस्ता मापदण्डलाई खुसी मापनको आधार बनाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस