सुनको मुल्यमा सामान्य गिरावट,तोलाको कति पुग्यो ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनको मुल्यमा सामान्य गिरावट,तोलाको कति पुग्यो ?


३ मंसिर २०७७, बुधबार


सुन

काठमाडौँ । मंसिर महिनाको पहिलो कारोबार दिन सुनको मुल्य सामान्य घटेको छ भने चाँदी सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुन तोलाको ९५ हजार १ सय कायम गरेको छ । गत कात्तिक २८ गते तोलाको ९५ हजार २ सय थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि सय रुपैयाँले घटेर तोलाको ९४ हजार ६ सय कायम भएको छ । गत २८ गते तोलाको ९४ हजार ७ सय थियो ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । गत कात्तिक २८ गते तोलाको १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको आज बुधबार तोलाको १२ सय ३० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस