मन्त्रिपरिषद् बैठक सर्‍यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक सर्‍यो


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । आज दिउँसो एक बजेलाई तय भएको मन्त्रिपरिषद्को बैठक एक घण्टा पछाडि सरेको छ ।

आज दिउँसो १ बजेलाई सचिवालय बैठक बस्ने यसअघिको निर्णय भए पनि प्रधानमन्त्रीले १ बजे नै मन्त्रिपरिषद् बैठक आव्हान गरेका थिए । तर सचिवालय बैठक बस्ने या नबस्ने भन्ने टुङ्गो नभई रहेका बेला मन्त्रिपरिषद् बैठक भने एक घण्टा पछाडि सारेर दुई बजेलाई बोलाइएको बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दियो ।

नेकपा विवाद चरम उत्कर्षमा पुगिरहेको बेला यता प्रधानमन्त्री ओली बैठक सार्ने पक्षमा देखिएका छन् भने प्रचण्ड–माधव नेपाल पक्ष जसरी भए पनि बैठक बसाली छाड्ने तयारीमा छन् । यसैबिच नेताहरूको अनेक थरी भनाइले पार्टीमा थप सकस उत्पन्न भएको बुझ्न सकिन्छ ।

नेकपा सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

Tags :
प्रतिक्रिया दिनुहोस