मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते


३ मंसिर २०७७, बुधबार


दमौली । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नं को हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस