जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस


एजेन्सी

३ मंसिर २०७७, बुधबार


जेनेभा । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ ।

विश्वलाई कोभिड-१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो ।

‘अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,’ रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड-१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् ।

ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् ।

आइएफआरसीका महासचिब जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’मा भने, ‘पक्कै पनि, अहिले कोभिड-१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्र परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।’

उनले भने, ‘विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर हो । यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।’

उनले थपे, ‘आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेका छन् ।’

कोभिड-१९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोपहरू छिट्टै हामीबीच उपलब्ध हुनेछन् तर दुर्भाग्यको कुरा ‘जलवायु परिवर्तन नियन्त्रणका लागि उपायहरू खासै सोचिएको छैन ।

उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस