सञ्चारमन्त्री गुरुङ भन्छन् : आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग्न तयार छु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सञ्चारमन्त्री गुरुङ भन्छन् : आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग्न तयार छु


२ मंसिर २०७७, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै उनले जसरी भए पनि पार्टी एकता बचाउनुपर्ने तर्क गरेका छन् । सरकारको मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेकोसमेत उनको भनाइ छ ।

‘कोभिड– १९ का कारण राष्ट्रको सामु चौतर्फी संकट भएको वेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधानविपरीत पार्टी विभाजन गर्ने, क्रान्ति होइन, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौँ । सत्ता र शक्तिका लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ता आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौँ । यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस