महासचिव पौडेल पुगे खुमलटार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महासचिव पौडेल पुगे खुमलटार


२ मंसिर २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल मङ्गलवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधवार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेस गरेको प्रस्तावबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानको प्रयास स्वरूप महासचिव पौडेललाई भेट्न मङ्गलवार खुमलटार पठाए पनि पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन ।

ओली बुधवार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दबाब दिइरहेका छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरूसँग भेटवार्तालाई तीव्रता दिएका छन् ।

गत शुक्रवार झन्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । जसमा अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै योगदान गर्न सुझाव दिइएको छ । तर ओलीले उक्त सुझावलाई आफूमाथिको प्रहार ठानेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस