डोल्पामा हिमपात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोल्पामा हिमपात


१ मंसिर २०७७, सोमबार


डोल्पा डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।

भाइटिकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्यधिक बढेको स्थानीयवासी बताउँछन् ।

माथिल्लो डोल्पास्थित शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुन्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरूमा आइतबार रातिदेखि नै हिमपात सुरु भएको छ । हिमपातका कारण फोक्सुन्डो ताल आसपासमा दुई इन्चसम्म हिउँ जमेको र अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको छ ।

बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडा पाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठ्यारोमा परेको छ । माथिल्लो डोल्पाका बासिन्दाले बौद्ध धर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन् ।

त्यसै गरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँ बस्तीमा बिहानैदेखि वर्षा सुरु भएको छ । भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ । वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटिका पर्वसमेत प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस