डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । डा. गोविन्द केसीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् । कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । उनको श्वासप्रश्वासमा समेत समस्या देखिएको सुवेदीले बताए ।

डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस