२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन

अ+ अ-

काठमाडौँ । प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ ।

अहिले बिहान नारायणीमा उहाँको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । विसं १९७१ माघ १ गते बागलुङमा जन्मिनुभएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहेका थिए। विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागे ।

विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल परे । सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याएका छन् । उनले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गरेको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ । उनले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गरेका छन् ।

उनी विसं २०२९ मा गैँडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुरयाएका थिए । उनकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो । गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पुर्याएका थिए । बिपीको सहयात्रीको रुपमा चिनिने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व थिए ।

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उनलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो ।

उनी विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लडेका थिए । उनका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य हुन् । तिलकसहित उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस