सुनिल थापा बने कांग्रेसको सहमहामन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनिल थापा बने कांग्रेसको सहमहामन्त्री


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसले सुनिल थापालाई सहमहामन्त्री बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रवेश गरेका थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो ।

यसका साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको छ। राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए ।

सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस