२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा शुरु

अ+ अ-

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ ।

यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

प्रतिष्ठान शिक्षाध्यक्ष डा.निरेश थापाले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुगेको बताए । यस अघिदेखि प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसन, सर्जरी, महिला तथा प्रसुति रोग, मेडिसिन, हाडजोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियु, एनआइसियु, कोरोना आइसियु, पल्मोनोलोजीलगायत विशेष सेवा दिँदै आइरहेको शिक्षाध्यक्ष डा.थापाले बताए ।

‘क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत गर्दैछ’, उनले भने, ‘अब कर्णालीका नागरिकले यी जटिल खालका रोगहरुको प्रतिष्ठानबाट निःशुल्क उपचार पाउनेछन् ।’ अस्पताल निर्देशक डा।मङ्गल रावलले प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हाँसिल भएको र यसको संस्थागत विकासमा सबै एकाकार भएर लाग्नुपर्ने अपरिहार्यता खट्किएको तर्क गरे ।

‘प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्लासहित सुुदूरपश्चिम प्रदेशका बझाङ् बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ’, निर्देशक डा.रावलले भने, ‘यसले सेवा क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।’ मेडिकल कलेज भइसकेपछि सरकारले अनिवार्य डाक्टरी पढाई गराउनु पथ्र्यो ।

यद्यपि कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणसमेत पश्चिम नेपालमा प्रतिष्ठान खेलेको भूमिकालाई अध्ययन गर्दै नेपाल सरकारले स्नातकोत्तर चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अनुमति दिईसकेको र केही समयपछि एमबीबीएस पढाईको तयारी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस