कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरूलाई पत्राचार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरूलाई पत्राचार


प्रशासन संवाददाता

२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरूलाई पत्राचार गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र(एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरूलाई पत्र पठाउँदै कात्तिक २४ गतेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ओपिडीमा चिकित्सक वा स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी तथा कोभिडका अन्य लक्षण भएकाहरूको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।

सरकारी प्रयोगशालामा कोरोना सङ्क्रमणको लक्षण वा चिह्न भएकाहरूको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा बिरामीहरूको निःशुल्क उपचार हुनेछ ।

कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्षम, इच्छुक र योगदान गर्न चाहनेहरूले परीक्षण र उपचारमा योगदान गर्न पनि सक्नेछ । तर यो ऐच्छिक हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस