आगलागी हुँदा ६ घर जलेर नष्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगलागी हुँदा ६ घर जलेर नष्ट


२७ कार्तिक २०७७, बिहिबार


राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहिस्थित मुखिया टोलमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् ।

स्थानिय बतही देवी मुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर आज दिउसो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सो आगलागीबाट घरमा रहेको सरसामान विभिन्न,खाद्यन्न,लत्ताकपडा ,गरगहना लगायत जलेर नष्ट भएको छ । आगलागीमा करिब रु १४ लाख रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

केटाकेटीले पड्काएको पटाकाले लागलागी भएको प्रहरीको भनाइ छ । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस