कोरोना संक्रमित केसीको उपचार खर्च सरकारले व्यहोर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमित केसीको उपचार खर्च सरकारले व्यहोर्ने


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका केसीको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।

निमोनिया देखिएका ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकै छ ।

केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस