गण्डकीमा १८२ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकीमा १८२ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु


२६ कार्तिक २०७७, बुधबार


गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

कास्कीको रुपा गाउँपालिका-५ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ ।

प्रदेशमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ७०३ छ । प्रदेशमा हालसम्म चार हजार ९७० निको भएका छन् भने सक्रिय सङ्क्रमितको चार हजार ६२० रहेको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस