नदीमा डुबेर किशोरको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नदीमा डुबेर किशोरको मृत्यु


२६ कार्तिक २०७७, बुधबार


ढल

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ ।

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए ।

उनका अनुसार १२-१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए ।

जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस