नेकपाका दुई अध्यक्षबीचको बैठक सम्पन्न « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेकपाका दुई अध्यक्षबीचको बैठक सम्पन्न


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ ।

सचिवालय बैठक बसी पार्टीको आन्तरिक समस्याबारेमा छलफल हुनुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डको रहेको उनको सचिवालयले जनाएको छ । तर दुई अध्यक्षबीच भएको छलफलमा के सहमति भयो भन्ने बारे बताइएको छैन ।

यसैबीच अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच जना नेताहरुको पार्टी मुख्यालय धुम्बाराहीमा छलफल शुरु भएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अपरान्ह ४ बजे बैठक बोलाएर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको थियो । करिब आधा घण्टा बालुवाटारमा छलफल गरेर उहाँ धुम्बाराहीस्थित पार्टी कार्यालयको छलफलमा जुटनु भएको छ ।

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको सहभागिता रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस