प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेता छलफलमा बस्ने भएका छन् । अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) हरु धुम्बाराहीमै बसेका थिए ।

यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए।

तर, प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन तयार नभएपछि फेरि म‌गलबार पाँच नेता छलफलमा जुट्ने भएका हुन् । तर, यो बैठक औपचारिक हुने वा नहुनेबारे भने टुंगो लागिसकेको छैन ।

 

Tags :
प्रतिक्रिया दिनुहोस