चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको सोमबार बेलुका मृत्यु भएको हो।
कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइसियू कक्षमा उपचार भइरहेको थियो। उनको सोमबार बेलुका ८:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए। सोही क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।