मकवानपुरमा डेङ्गुका रोगी न्यून « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मकवानपुरमा डेङ्गुका रोगी न्यून


२४ कार्तिक २०७७, सोमबार


वाग्मती । मकवानपुरमा विगतको तुलनामा चालू आर्थिक वर्षको चार महिनामा लामखुटेको टोकाईवाट हुने डेङ्गु रोगको बिरामी कम भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

साउनदेखि कात्तिक महिना अर्थात वर्षातमा हुने यो रोगका बिरामी यस वर्ष कम रहेको बताइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार चालू आर्थिक वर्षको साउन देखि कात्तिक १५गते सम्ममा १३ जनामा सो रोग फेला परेको वताइएको छ । ज्वरो जाचँको क्रममा १३ जनामा सो रोग देखिएको हो ।

गत आर्थिक वर्षमा तीन हजार भन्दा वढी व्यक्तिमा उक्त रोग फेला परेको थियो । चालू आर्थिक वर्षको हालसम्ममा साउन एक महिला र दुई पुरुष, भदौमा एक महिला र तीन पुरुष तथा असोजमा दुई महिला र चार पुरुषमा सो रोग देखा परेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकरी दिए ।

उक्त रोग एडिस् एजिप्टाई जातको कालो पोथी लामखुट्टेको टोकाईबाट सर्ने हुन्छ । यस वर्ष कोरोना महामारीको सङक्रमणका कारण सरसफाईमा ध्यान दिएको र जथाभावी बाहिर नवस्नाले सो रोगको प्रकोप कम भएको चिकित्सकहरुको भनाइ रहेको छ । डेङ्गुबाट सुरक्षित रह्न झुलको प्रयोगमा जोड दिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस