२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

अ+ अ-

बलेवा । जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो । किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने गरेका कारण यसको उत्पादनमा कमी आउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

किसानलाई प्रविधि, उपकरण र बीउको प्रबन्ध गरेर कोदोबालीको प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिए ।

‘स्थानीय जातको बीउ नै लगाएका किसानलाई लगाउने विधि सिकाइरहेका छौं, जसले उत्पादन बढाउँछ’, उनले भने, ‘कोदोको सबैभन्दा झण्झटिलो काम भनेको फसल लिने बेलको हो, हामीले किसानलाई सजिलोका लागि कोदो झार्ने मेसिन र सुकाउनका लागि त्रिपाल दिने गरेका छौं ।’

किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पूरा गरेर सामग्री दिने गरेको छ । हालसम्म यहाँका एक सय जना किसानले कोदो सुकाउनका लागि त्रिपाल पाएका छन् भने समूहमा १५ वटा कोदो, जौ र उवा झर्ने मेसिन वितरण गरिएको छ ।

‘हिजो गरिबका घरमा मात्रै पाक्छ भन्ने कोदो अहिले तारे होटलमा पाकिरहेको छ’ नगरप्रमुख देवकुमार नेपालीले भने, ‘हाम्रो माटोमा फल्ने कोदो बजारका तारे होटलमा पुर्‍याउने लक्ष हो ।’

यहाँका किसानले उत्पादन गरेको कोदो, काठमाडौँ, पोखरा, बुटवललगायतका शहरसम्म पुग्छ । पारिवारिक हिसाबले बजार पस्ने कोदो, जौ र उवालाई व्यावसायिक बनाउनेगरी नगरपालिकाले उत्पादनमा सघाउन थालेको नगरप्रमुख नपालीको भनाइ छ ।

नगरपालिकाले गत वर्ष रु १५ लाख वजेट विनियोजन गरेर कोदो, जौ र उवाको संरक्षण तथा प्रर्वद्धन थालेको थियो ।

तीन वर्षदेखि कार्यक्रम निरन्तर छ । ‘यहाँको कोदोको पिठो ब्राण्ड बनाएर प्याकिङ गरी बजारसम्म पठाउने योजना छ’, कृषि प्राविधिक अधिकारीले भने, ‘रैथाने बालीको व्यावसायिक उत्पादन गर्न सकिन्छ भनेर किसानलाई उत्प्रेरित गरिरहेका छौं ।’

ढोरपाटनको मुख्य बाली नै कोदो हो । त्यसका अलवा यहाँ जौ र उवा धेरै फल्छ । नगरको तथ्याङ्क अनुसार, अहिले ढोरपाटनमा १० मेट्रिक टन कोदो फलेको छ ।

स्थानीय जातको डल्ले र झाँप्रे कोदो यहाँ फल्छ । कोदोको विकसित बीउ र अन्य खाद्यबाली जस्तो नपाइने भएकाले पनि उत्पादन बढाउन कठिन रहेको कृषि प्राविधिक बताउँछन् ।

यहाँ उत्पादन भएको कोदो स्थानीयवासीले ढिँडो, रोटीजस्ता खानाका अलवा पशु चौपायाको आहारा र घरेलु मदिराको उत्पादनका लागि समेत प्रयोग गर्ने गरेका छन् । बागलुङ कोदो उत्पादनका हिसाबले अग्रणी जिल्लाको रुपमा चिनिन्छ ।

उच्च पहाडदेखि बेँशीसम्म राम्रो उत्पादन हुने कोदो वर्षाको समयमा फल्छ । यसवर्ष वर्षा राम्रो भएकाले ढोरपाटनका अलवा जिल्लाका अन्य ठाउँमा समेत कोदो राम्रो फलेको कृषि प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस