ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान
ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो...