विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो


एजेन्सी

२४ कार्तिक २०७७, सोमबार


काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५ करोड नाघेको छ ।

पछिल्लो केही दिन देखि दैनिक ५ लाख बढी संक्रमित थपिएसँगै संख्या ५ करोड २ लाख ९६ हजार ८ सय ९८ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने १२ लाख ५५ हजार ४५ पुगेको छ । अमेरिकामा सबैभन्दा धेरै ९९ लाख ५४ हजार ९ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ २ लाख ३७ हजार ५ सय ६१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृत्युदर २ दशमलव ५ प्रतिशत छ ।

अमेरिकामा दैनिक १ लाखको संख्यामा नयाँ संक्रमित थपिँदै गएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा ८५ लाख ५० हजार ७ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ दैनिक करिव ५० हजारको संख्यामा संक्रमित थपिँदै गएका छन् । हालसम्म भारतमा १ लाख २६ हजार १ सय २१ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

भारतमा मृत्युदर १.५ प्रतिशत छ । ब्रजिलमा ५६ लाख, फ्रान्समा १८ लाख, रुसमा १७ लाख, स्पेनमा १३ लाख बढी संक्रमित पुष्टी भएका छन् । यो सँगै संक्रमितको संख्या १० लाख नाघ्नेमा ९ वटा मुलुक रहेका छन् । तीमध्ये अर्जेन्टिना, बेलायत तथा कोलम्बो पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस