को हुन् जो बाइडन ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

को हुन् जो बाइडन ?


२३ कार्तिक २०७७, आइतबार


हालै सम्पन्न अमेरिकाको राष्ट्रिपति निर्वाचनबाट जो बाइडन ४६ औँ राष्ट्रपति बन्न सफल भएका छन् । बाइडन डेमोक्र्याटिक पार्टीका उम्मेदवार हुन् । उनी आगामी राष्ट्रपतिको कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले महत्तवपूणं राज्य पेन्सिलल्भेनिया राज्यमा विजय हासिल गरेसँगै आवश्यक २७० भन्दा बढी मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यस्तै राष्ट्रपतिको प्रतिस्पर्धाका लागि अर्का उम्मेदवार यसअघिका राष्ट्रपति डोनल्ड ट्रम्प पनि चुनावी मैदानमा थिए । उनी पराजित भएका छन् । ट्रम्पले भने चुनावमा धाँधली भएको भन्दै अदालत जाने निर्णय गरेका छन् । उनका वकिलले ट्रम्पले मत परिणाम स्वीकार नगर्ने बताएका छन् ।

बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका थिए । बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् । उनी सामान्य नागरिकसँग पनि सहजरुपमा घुलमिल हुन सक्छन्।

बाइडन ४ वर्ष अघि सन् १९७३ मा अमेरिकी सिनेटका सदस्य बनेका थिए । त्यतिवेला देखि नै उनी वाशिङ्टन सँग जोडिएका थिए । उनको राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९४७ मा भएको थियो ।
बाइडन मतदातालाई आकर्षित गर्ने स्वाभाविक नेता थिए । उनी कुनै पनि बेलागलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका पनि हुन् ।

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए।  उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए ‘अफ्रिकी–अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।’ भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने।

यनी एक प्रष्ट वक्ता पनि हुन् । उनी निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा एक वास्तविक व्यक्तित्व पनि हुन् । उनको बाल्यकालमा भकभकाउने समस्या पनि रहेको उनी स्मरण गर्छन् ।

उन कामदारहरुलाई यसरी काकर्षित गर्नन् की जो उनका साथी नै हुन् । आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। अनि सर्वसाधारणहरुलाई निकै नै नजिकबाट हेर्छन् ।

उनी सर्वसाधारण मानिसहरूसँग यसरी नजिक हुन्छन् की जो उनलाई कहिल्यै भुल्न सक्दैनन् । उनी सबैसँगै निकटको सम्बन्ध राख्न् । हात मिलाउँछन् । अङ्कमाल गर्छन् । बोल्छन् । छुन्छन् । तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न समेत उठ्ने गरेका छन् ।

उनीमाथि विभिन् आरोप पनि लागेका छन् । गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे।

प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताएका थिए। तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले यौन आक्रमण गरेको आरोप लगाइन्। त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन्।

उनका समर्थकहरुले भने सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण राम्रो गर्ने बताएका छन् । वाशिङ्टनमा उनको धेरै अनुभव छ। सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष।

करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन्। बाइडनले सो आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गरेको थियो ।

सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए। यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ।

ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए।

पारिवारिक पीडा
बाइडन सर्वसाधारणसँग घुलमिल हुनु र सबैको दुःख बुझ्नु उनको पारिवारिक पीडाले सिकाएको पाठ पनि हुनसक्छ । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनकी पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए । सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो।

आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ। यस्तै उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिएको छ । हन्टर बाइडनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन् । हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो।

उनको पहिली पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन्। कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए। उनले द न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए। ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो।

गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए। उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडनपनि विवादमा तानिएका छन्। उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो। त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो।

विदेश सम्बन्ध
बाइडनसँग विश्वको धेरै अनुभव पनि छ । कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ। उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्।

सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले।

अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाव दिएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए।

बाइडनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन्। उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन्। तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन्। उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन्।

प्रतिक्रिया दिनुहोस