कोरोना संक्रमणबाट झापामा स्वास्थ्यकर्मीसहित २ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमणबाट झापामा स्वास्थ्यकर्मीसहित २ जनाको मृत्यु


२२ कार्तिक २०७७, शनिबार


दमक। झापामा कोरोना भाइरस संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित दुई जनाको मृत्यु भएको छ ।

विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिका की एक एक जना महीलाको शुक्रबार बेलुका र शनिवार विहान मृत्यु भएको हो ।

विर्तामोड नगरपालिका वडा नं। ६ की ४२ वर्र्षीया महिलाको शुक्रबार राती नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनको राति ११ बजेतिर मृत्यु भएको जानकारी आएको बताइएको छ ।

यसैगरी झापा शिवसताक्षी नगरपालिकाकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनी स्थानीय एक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी ति महिलालाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो ।

प्रारम्भिक चरणमा दमकस्थित लाईफलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनको उपचार हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस