कर्णाली प्रदेशमा देउसीभैलो खेल्न नपाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णाली प्रदेशमा देउसीभैलो खेल्न नपाइने


२२ कार्तिक २०७७, शनिबार


खलङ्गा । नजिकिदै गरेको पर्व तिहारको विशेष विशेष्ताको रुपमा लिइने देउसीभैलो यस बर्ष कर्णाली प्रदेशमा खेल्न नपाइने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहारमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसीभैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।

बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत गरेको हो । कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिएकाले नियन्त्रण र उपचारमा कठिन हुने भन्दै बैठकले सरोकारवाला निकायलाई तदारुकताका साथ नियन्त्रणमा खटाउने व्यवस्था मिलाउन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बदलिँदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड-१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएको प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोभिड सङ्क्रमण अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आंकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को बैठकमा पेश गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस