झापामा एक ल्याब टेक्निसियनको कोरोना संक्रमणबाट मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

झापामा एक ल्याब टेक्निसियनको कोरोना संक्रमणबाट मृत्यु


२२ कार्तिक २०७७, शनिबार


झापा । झापामा कोरोना संक्रमणका कारण एक ल्याब टेक्निसियनको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका –६ की २५ वर्षीय ल्याब टेक्निसियन युवतीको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि उनलाई एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ ।

झापामा हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संखया ५९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस