धुम्बाराहीमा नेकपा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धुम्बाराहीमा नेकपा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक जारी


२२ कार्तिक २०७७, शनिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ ।

जारी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्षकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।

हिजोको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस