मन्त्री कार्की कोरोनामुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मन्त्री कार्की कोरोनामुक्त


२१ कार्तिक २०७७, शुक्रबार


मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई आजदेखि नियमित काममा फकेका छन् ।

मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले बिहिबारबाट होम आइसोलेशबाट बाहिर आएका उनको निजीसचिव रवी खनालले बताए । दुई सातापछि पुनःपरीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्किएका हुन् ।

सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताए । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते सङक्रमण देखिएको थियो

Tags :
प्रतिक्रिया दिनुहोस