युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा


२० कार्तिक २०७७, बिहिबार


प्रिस्टिना । युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएको समाचार छ ।

उनीमाथि युद्ध अपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो ।

हालै मात्र उनका विरुद्धमा हेगमा रहेको युद्ध अपराध अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि उनले राजीनामा दिएका हुन् ।  सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनी शक्तिमा रहेका बेला युद्धअपराध गरेको आरोप छ ।

आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रूपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि आफूले राजीनामा दिएको तर आफूले कुनै गल्ती नगरेको उनले सो राजीनामा पत्रमा जनाएका छन् ।

सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनी कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुखका रूपमा काम गरेका थिए । उनको आदेशमा ती विद्रोहीहरूले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस