उदयपुर त्रियुगा नगरपालिकाका ८ कर्मचारीसहित १० जनामा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उदयपुर त्रियुगा नगरपालिकाका ८ कर्मचारीसहित १० जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२० कार्तिक २०७७, बिहिबार


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीसहित १० जनामा बुधबार साँझ कोरोना पोजिटिभ देखिएको छ ।

सदरमुकाम गाईघाटभित्र रहेको नगरपालिकामा ठूलो संख्यामा कर्मचारीमा कोरोना देखिएपछि गाईघाट बजारमा त्रास फैलिएको छ । प्रादेशिक कोरोना प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणबाट ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

उनीहरु सबैको मंगलबार स्वाब संकलन गरी बिराटनगर पठाइएको थियो । कोरोना पोजिटिभ देखिएका नगरपालिकाका कर्मचारी मध्ये पाँचजना प्राविधिक रहेका छन् । बाँकी अन्य शाखाका रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा संक्रमितको संख्या दुई सय ५० जना पुगेको छ । त्यसमध्ये ८० जना महिला र एक सय ७० जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस