नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

बंगलादेश प्रस्थान गर्नेमा २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली छ । नेपाली टिममा अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ छन् ।

नेपालले कात्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने मितिको तय भएको छ । नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

फिफा विश्‍वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बंगलादेश प्रस्थान गरेको नेपाली टोलीको एक साता क्‍वारेन्टिनमा बसेपछि कोरोना परीक्षण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस