प्रधानमन्त्री ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् : डा. भट्टराई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् : डा. भट्टराई


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताएका छन् ।

बुधवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले  प्रधानमन्त्री ओलीलाई पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको भन्दै कडा राजनीतिक प्रहार गरेका छन् ।

उनले नेकपाभित्रको लडाइँ अग्रगामी र पश्चगामीबीचको भएको टिप्पणीसमेत गरे ।

‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी–मधेसवादी विरुद्ध नेकासँग सहकार्य गरे । पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ! अब के ? सबैले सोचौँ !’ उनले लेखेका छन् ।

प्रधानमन्त्रीले फोन गरेर आफूलाई स्वास्थ्य लाभको शुभकामना दिएपछि उनले धन्यवाद दिएका छन् ।

उनले नेकपाभित्रको किचलो दुर्इ अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै भएको बताएका छन् ।

उनले लेखेका छन्,‘हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम ओलीलाई धन्यवाद दिँदै यो तीतो सत्य भन्नैपर्छ, नेकपाभित्रको किचलो रूपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन बीचको लडाइँ हो !’

डाक्टर भट्टराई र उनकी श्रीमती हिसिला यमी यति बेला कोरोना सङ्क्रमित भएर आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस